मुख्यमन्त्री गुरुङ पदमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मुख्यमन्त्री गुरुङ पदमुक्त




काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । बिहीबार प्रदेश सभाले उनमा उनलाई विश्वासको मत प्राप्त नभएसँगै उनी स्वतः पदमुक्त भएका हुन् ।

कुल ६० सदस्य रहेको प्रदेश सभामा ५७ जनाले मत दिएका थिए उनको पक्षमा २७ मत आएको थियो भने विपक्षमा ३० मत आएको थियो ।

सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि वैशाख २९ गते राजीनामा दिएर ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका गुरुङले जेठ २९ भित्र सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । उनलाई संसदले विश्वास नगरेसँगै उनी पदमुक्त भएका हुन् ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १८:१३