बागमती प्रदेशको नीति तथा कार्यक्रममा सहकारीः यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बागमती प्रदेशको नीति तथा कार्यक्रममा सहकारीः यस्ता छन् सुविधा



बागमती प्रदेशले आगामी आर्थिक ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। हामीले यहाँ सहकारी क्षेत्रका लागि कस्ता कर्यक्रमहरु आएका छन् भन्नेबारेमा बुदागत रुपमा राखेका छाैँ ।

यस्ता छन् सहकारीका प्रथामिकता

  • प्रदेश भित्र उत्पादित फलफुल तथा तरकारी भण्डारका लागि सार्वजनिक, निजी सहकारीसंगको साझेदारमा निर्माण सम्पन्न ९ वटा शीत भण्डार सञ्चालनमा ल्याइने छ भने निर्माणाधीन शीत भण्डारको निर्माण कार्य सम्पन्न गरिने छ ।
  • गरिबको रेखामुनी रहेका समुदायको कवुलियती वन कार्यक्रममा घाँस र फलफूल खेति, बाख्रा पालन, सहकारी निर्माण, वनमा आधारित उद्योगको एकीकृत कृयाकलाप सञ्चालन गरिने ।
  • सहकारी मूल्य मान्यता सिद्धान्त र प्रदेश कानुन अनुरुप सहकारी संघ संस्थाहरुको दर्ता सञ्चालन, नियमन प्रभावकारी बनाइने छ । सहकारी संघ संस्थाहरुकव प्रवर्धन र विकासका लागि विविध सीपमूलक तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • स्वास्थ्य सहकारीद्धारा सञ्चालित अस्पतालबाट सुपथ मूल्यमा सेवा प्रवाहका लागि आवश्यक सहजीकरण गरिने छ
  • प्रदेशमा उपलब्ध जलस्रोतको बहुआयामिक उपयोग गरी अधिकतम् प्रतिफल लिन तथा प्रभावकारी नियमनका लागि जल उपयोग,नदी व्यवस्थापन तथा सिँचाई एेन तर्जुमा गरि कार्यन्वयन गरिने छ । साथै प्रदेशको पानी,प्रदेशकै नागरिको लगानी हुने गरी निजी क्षेत्र, सहकारी तथा सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गरिने छ ।
  • विक्रम संम्वत् २०८५ साल सम्म बागमती प्रदेशमा खनिज इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्ने नीतिअनुरुप प्रदेश सरकारको लगानीमा प्रमुख सहरहरुमा विधुतीय बस सञ्चालन चार्जिङ स्टेसन लगायतका आवश्यक पुर्वाधारको प्रबन्ध गरिने छ र थप बिस्तारका लागि सरकार सहकारी निजी क्षेत्र तथा अन्य निकायसंग साझेदारी समेत गरिने छ ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार २०:१७