कर भुक्तान गर्ने कुरामा सहकारी क्षेत्रले इमान्दारिता देखाउनु पर्छः कंडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कर भुक्तान गर्ने कुरामा सहकारी क्षेत्रले इमान्दारिता देखाउनु पर्छः कंडेल



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्ने कताएका छन् ।

राष्ट्रिय सहकारी बैंकले बिहीवार आयोजना गरेको सहकारीमा कर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले सहकारी अभियानको निरन्तरको लविङ पछि करको दायरा कम भएको बताए ।

उनले अब कर भुक्तान गर्ने कुरामा सहकारी क्षेत्रले इमान्दारिता देखाउनु पर्ने पनि बताए । उनले भने ‘सहकारी क्षेत्रले कर भुक्तानीमा प्रभावकारिता ल्याउने र सरकारले सहकारीको योगदानका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्छ ।’

सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले कोरोना महामारीमा सहकारीहरुलाई पर्ने समस्यामा बैंकले निरन्तर सहजीकरण गर्दै आएको बताए । उनले समस्यामा सहकारीहरुलाई सहज रुपमा सेवा पु¥याउन अभियान सदैव सहयोगीका रुपमा रहने बताए ।

कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट शेषमणि दाहालले सहकारीमा करको व्यवस्था, संशोधनका सहुलियत, अन्य संशोधन, आयकर ऐन २०५८, मूल्य अभिवृद्धि ऐन २०५२, अन्त शुल्क ऐन २०५८ का मूल विषयहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा बैंकका सदस्य सहकारी संघ संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरु सहित १ हजार जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार २०:२९