उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाएर एक हप्तालाई थप्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाएर एक हप्तालाई थप्ने तयारी



काठमाडाैं । उपत्यकामा निषेधाज्ञा केहि खुकुलो बनाएर एक हप्तालाई थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको अनौपचारिक बैठकले निषेधाज्ञा एक हप्ता थप्ने तर केहि खुकुलो बनाउने बारे छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे बारे आईतबार पुःन बैठक बसी निर्णय गर्ने बताईएको छ । आज कुन–कुन क्षेत्र खुलाउने तथा कुन कुन क्षेत्र नखुलाउने भन्नेबारे कुनै निर्णय नभएको जनाईएको छ । अहिले बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसलको समयावधि भने केहि समय थप गर्ने बुझिएको छ ।

काठमाडौं भित्रने तथा बाहिरिने नाकामा कडाई गर्ने तयारी भएको छ । निषेधाज्ञाको समयमा उपत्यकामा संक्रमतिको संख्यामा कमी नआएपछि नाकामा कडाई गरी तीन जिल्लामा खुकुलो बनाइन लागिएको हो ।

पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिदैँ छ ।

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार १८:२३