मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने



काठमाडाै । बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा मृत्यु हुने मानिसको संख्या र संक्रमित हुनेको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गैइरहेको छ ।

मलेसियामा कोरोना थप मानिसमा फैलिन नदिन मलेसिया सरकारले यहीँ जुन १ तारिखदेखि १४ तारिखसम्म लागु गरेको लकडाउन ( मोभमेन्ट कन्ट्रोल अर्डर ३.०)को अवधी थप गरेको छ।

मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । मलेसियाले यसअघि तोकेको लकडाउनको समय जुन १४ देखि सकिँदै छ । मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गर्नुभएको हो ।

अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । हिजो बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लकडाउनको समयमा अत्यावश्यक बाहेक आर्थिक र सामाजिक गतिविधिमा मलेसियाले प्रतिबन्ध लगाएको छ । शुक्रबारको दिन मलेसिया सरकारको रक्षामन्त्री दातोक श्रि इस्माईल साब्री याकोब बिनले स्थानीय सञ्चार माध्यम संगको कुराकानीको क्रममा बोल्दै भने ,”जारी लकडाउन (एमसिओ ३.०) को अवधी यहीँ जुन १५ तारिखदेखि २८ तारिखसम्मको लागि थप गरिएको हो बताएका छन् ।”

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार २०:१९