आज देखि मनसुन भित्रियो



काठमाडौँ । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ ।

पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।

यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान

बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज

काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

प्रकाशित मिति २०७७ बैशाख १ देखि