सिद्धार्थ इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पारित



काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्सको शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश पारित गरेको छ ।

शुक्रबार सम्पन्न कम्पनीको १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३।७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।

बोनस पारित भएसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसअघि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ थियो ।

सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले प्रस्तुत गरेका गत आर्थिक वर्षको वित्तीय विवरणको प्रतिवेदन पनि पारित गरेको छ भने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव लागायत अन्य प्रस्तावहरु समेत अनुमोदन गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार २१:२७