गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गत बिहीबार पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएपछि शुक्रबार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रक्रिया अघि बढाएकी थिइन् । विपक्षी गठवन्धनले शुक्रबार साँझ नै प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाउन ३१ जना सांसद नै प्रदेश प्रमुखको निवासमा पुगेका थिए । नवनियुक्त मुख्यमन्त्री नेपालीले अबको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री नेपालीलाई नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार १८:१५