पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङको धम्कीप्रति अनलाइन पत्रकार संघको आपत्ति



काठमाडाैं । पालिकाखबर डटकम र दैनिकी डटकममा प्रकाशित समाचारको विषयमा नुवाकोटस्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले धम्की दिएको भन्दै अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।

गत २४ चैतमा गाउँपालिकाको वडा नम्वर २ कार्यालयवाट भत्ताको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ गरी ५३ लाख रुपैयाँ रहस्यमय ढंगले चोरी भएको विषयमा पालिकाखबरले निरन्तर खबर प्रकाशन र प्रशारण गरेपछि अध्यक्षले कानुनीसँगै जुनसुकै उपचार खोज्ने भन्दै विज्ञप्ति नै जारी गरेर धम्की दिएका थिए । खबर प्रकाशन गरेको विषयमा पालिका अध्यक्षले विज्ञप्ति नै निकालेर जे सुकै गर्नसक्ने भन्दै दिएको धम्कीले प्रेस स्वतन्ता र पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उठेको संघको बताएको छ ।

संघले रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश भएको, रकम हराएको सन्दर्भमा गाउँपालिले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टि हुने भन्दै धम्की निन्दनीय भएको बताएको हो ।

‘गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्,’ संघका अध्यक्ष शिब प्रसाद सत्यालले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकार समक्ष जोडदार माग गर्दछौं ।’

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि