निषेधाज्ञाको विषयमा निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निषेधाज्ञाको विषयमा निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै



काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ ।

आजको बैठकमा निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुनेछ । निषेधाज्ञा गर्दापनि कोरोना संक्रमितको संख्यामा कमी नआएपनि पुनः एक साता थप गर्ने विषयमा छलफल भएको हो ।

काठमाडौं भित्रने तथा बाहिरिने नाकामा कडाई गर्ने तयारी भएको छ । निषेधाज्ञाको समयमा उपत्यकामा संक्रमतिको संख्यामा कमी नआएपछि नाकामा कडाई गरी तीन जिल्लामा खुकुलो बनाइन लागिएको हो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार ११:४३