सहकारी संस्था पनि खोल्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी संस्था पनि खोल्न पाइने



काठमाडाै । उपत्यकामा लगाइएकाे निषेधाज्ञा एक हप्ता लम्ब्याइएकाे छ । खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा विहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यस्तै विकास निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइने भएको छ। तर सार्वजनिक तथा निजी सवारी साधनका हकमा लागु व्यवस्था भने कायम नै रहने छ।

कृषि कार्यसँग सम्बन्धित ढुवानी र आवतजावतका विषयमा केन्द्रित रहेर सहजीकरण गर्ने पनि निर्णय गरिएको छ।

त्यस्तै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ भने निर्माण सामग्रीका पसलहरू अपराह्ण ४ बजेबाट खोल्न पाइने बताइएको छ।

अध्ययनका लागि विदेश जाने लगायतका विषयका कारण हिँडडुल गर्नुपर्ने मानिसका लागि पनि व्यवस्था केही खुकुलो पारिएको बताइएको छ । यसैगरी बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ ।सहकारीका लागि सातामा दुई दिन (आइतबार र बिहिबार) खोल्न दिने निर्णय भएको छ ।

हेर्नुस् सूचना

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १६:४०