राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष जोशीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष जोशीको निधन



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा सहकारी अभियानका अगुवा राजेशहरि जोशीको निधन भएको छ । ६६ बर्षको उमेरमा उनको असामयिक निधन भएको हो ।

जोशी ललितपुरको गाःबहालमा अन्य लब्धप्रतिष्ठित व्यक्तिहरुसमेत सञ्चालक रहेको समूदायमा आधारित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष थिए ।

जोशी जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सल्लाहकार, नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्षलगायत दर्जन जति प्राराम्भीक सहकारी संस्थाको सल्लाहकार थिए ।

उनी हेटौंडामा मूख्य कार्यालय रहेको तत्कालिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुन । उक्त फाइनान्स स्थापनमा उनको ठूलो भूमिका थियो । त्यस्तै हेटौंडामै रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था समेत उनकै पहलमा स्थापना भएको थियो ।

दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल जोशीले सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पु¥याउँदै आएका थिए । समाजसेवाका क्षेत्रमा समेत उनको नाम अग्रपंक्तिमा रहेको । उनको निधनको खबरले पुरै सहकारी क्षेत्रलाई नै स्तब्ध बनाएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १०:३०