यस्तो छ देशको वर्तमान आर्थिक अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था



काठमाडाैं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/ ७८ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

जस अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । त्यस्तै आयात २२.३ प्रतिशतले र निर्यात ३२.२ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति रु.७ अर्ब ७५ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ८७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.८२४ अर्ब ८१ करोड र राजस्व परिचालन रु.७६१ अर्ब छ ।

राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजीक्षेत्रमाथिको दावी २३.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भनेनिक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १६:४१