आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,आइपिओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,आइपिओ ल्याउने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडिओ कन्फरेन्सका माध्यमबाट सम्पन्न सभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचि तथा एनएफआरसी प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ ।

त्यस्तै विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेका थिए भने शेयर धनीहरुले भिडिओ कन्फरेन्समार्फत उपस्थिति जनाएका थिए ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार २०:४८