जीवन विकास लघुवित्तलाई १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ ल्याउन अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

जीवन विकास लघुवित्तलाई १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ ल्याउन अनुमति



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ विक्री गर्न जेठ ३० गते अनुमति दिएको हो ।

कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले सर्वसाधारणमा ६७ दशमलव ५० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ ।

प्रकाशित : १ असार २०७८, मंगलवार १०:४२