युनियन लाइफ इन्स्योरेन्स आइपिओ निष्कासनको माग गर्दै धितो पत्र बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

युनियन लाइफ इन्स्योरेन्स आइपिओ निष्कासनको माग गर्दै धितो पत्र बोर्डमा



काठमाडौँ ।   युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निवेदन पेस गरेको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति माग्दै जेठ ९ गते सेबोनमा निवेदन पेस गरेको हो । कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारण समूहका लागि छुटाइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


कम्पनीको आइपिओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउँछ ।

प्रकाशित : १ असार २०७८, मंगलवार ११:०२