राष्ट्रिय वाणिज्य बैङ्कद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनीकरण गरौँ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेका हुन ।


कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैङ्कको झन्डाको तस्बिर बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरेका थिए ।


फादर एन्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सपाइ विश्वकै पहिलो पटक गर्ने बताएको छ । 
सो कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रा.वा.बैङ्कको झन्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद ज्ञापन गर्नुहुँदै, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए  ।


सो कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, सगरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज बराइलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बैङ्कका उप कार्यकारी अधिकृतद्धय देवेश प्रसाद लोहनी, देवेन्द्र रमण खनाल, विभागीय प्रमुखहरू, कम्पनी सचिव लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : १ असार २०७८, मंगलवार १६:५०