विजय लघुवित्तको सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

विजय लघुवित्तको सेयर बिक्रीमा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । संस्थाका संस्थापक केहि सेयरधनीको नाममा आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्तासेयर बिक्री गर्न लागेकाे हाे ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट नगरपालिका वडा नं. ५, नवलपरासीमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । संस्थाका संस्थापक केहि सेयरधनीको नाममा आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्तासेयर बिक्री गर्न लागेकाे हाे ।


संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, गैँडाकाेट नगरपालिका वडा नं. ५, नवलपरासीमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १ असार २०७८, मंगलवार १७:१७