रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलर घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलर घट्यो



काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।

मंगलबार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि-म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकका बोतल हटाउँदै कोक होइन‚ पानी खानुपर्ने बताएका थिए ।

त्यसपछि कोकको सेयर बजारमा भारी गिरावट आएको हो ।

युरोकप २०२० को प्रायोजक रहेको कोकाकोला हरेक प्रि-म्याचका बेला प्रशिक्षक र कप्तान बोल्ने टेवलका अगाडि राख्ने गरिएको छ । रोनाल्डोको उक्त सानो भिडिओ क्लिप क्षणभरमै भाइरल भयो । जसले कोलाकोलालाई मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी व्यहोर्न बाध्य बनायो । ३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमाा ठूला तरंग ल्याइदियो । उक्त दिन युरोपमा सेयर बजार शुरु हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो ।

रोनाल्डोको बोलीले पत्रकार सम्मेलन सकिने बेलासम्ममा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झरिसकेको थियो । यो कूल सेयरको १.६ प्रतिशत कमी हो । कोकाकोलाको बजार मूल्य अहिले २३८.३५ बिलियन डलर रहेको छ ।

रोनाल्डोले आलोचना गरेपछि कोकाकोलाले विज्ञप्ति जारी गर्दै खेलाडीका लागि पनि मिल्नेगरी कम्पनीले उपलब्ध गराउने उल्लेख गरेको छ । कम्पनीले भनेको छ‚ ‘सबैको आफ्नै स्वाद र आवश्यकता हुन्छ, खेलाडीहरुका लागि कोकाकोला र कोकाकोलामा जिरो सुगर उपलब्ध गराइन्छ ।’

कतिपयले रोनाल्डोले नियतवश कोकाकोलालाई घाटा हुने काम गरेको दाबी गरेका छन् ।

प्रकाशित : २ असार २०७८, बुधबार १३:३०