बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज



काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष सहुलियत तथा छुटको प्याकेज ल्याएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरी कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिने जनाएको हो ।

सूचनामा जेष्ठ र असार महिनाको ब्याजमा असार २५ गतेसम्म भुक्तानी गरेमा पाकेको ब्याजमा १० प्रतिशत छुट दिइने प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । त्यसैगरी जेठ भन्दा अगाडिको ब्याज असार २५ गतेसम्म बुझाएमा हर्जाना लाग्ने छैन । संस्थाले छुट सम्बन्धमा विस्तारमा बुझ्न चाहेमा संस्थाका कर्मचारीहरुलाई सम्पर्क गर्न समेत आव्हान गरेको छ ।

यस अघि संस्थाले संस्थाले कोरोना संक्रमित भएर निको भएका र त्यसपछि कुनै शारिरीक समस्या महशुस भएका सदस्यहरुका लागि बनेपा हेल्थकेयरसँगको सहकार्यमा पोष्ट कोभिड केयर प्याकेजमा छुटसहितको व्यवस्था मिलाएको छ ।

प्रकाशित : २ असार २०७८, बुधबार १६:५३