अर्को सातादेखि उपत्यकामा निषेधाज्ञा खुल्छ ? सीसीएमसी भन्छन हाल जारी रहेको निषेधाज्ञा कायम नै रहन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

अर्को सातादेखि उपत्यकामा निषेधाज्ञा खुल्छ ? सीसीएमसी भन्छन हाल जारी रहेको निषेधाज्ञा कायम नै रहन्छ



काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ । सरकारले आगामी साता देखि हाल उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्ने योजना बनाएको हो।

बुधवार राति सम्पन्न कोभिड-१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

हाल जारी रहेको निषेधाज्ञा कायम नै राख्ने र आवश्यक क्षेत्रलाई भने अवस्था मूल्याङ्कन गरेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउँदै खुला गर्ने निष्कर्षमा समिति पुगेको छ।

अझै लामो समयसम्म कडा लकडाउन गर्दा अर्थतन्त्र चलायमान गराउन गाह्रो पर्ने हुनाले बिस्तारै केही क्षेत्र खुला गर्ने निष्कर्ष समितिले निकालेको हो।

प्रकाशित : ३ असार २०७८, बिहीबार ०८:२२