काठमाडौं महानगरपालिकाे नीति तथा कार्यक्रम : कर छुटका याेजनै योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

काठमाडौं महानगरपालिकाे नीति तथा कार्यक्रम : कर छुटका याेजनै योजना



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी कर शतप्रतिशत छुट गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत महागरले यस्तो घोषणा गरेको हो । विद्युतीय सवारीलाई प्रोत्साहन गर्न विद्युत् प्राधिकरणसँग मिलेर चार्जिङ स्टेशन स्थापना गर्ने नीति पनि महानगरकाे छ । बिहीबार बसेकाे नबौं नगरसभाको पहिलो वैठकमा विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था सहितको नीति तथा कार्यक्रम घोणा गरेका हुन् ।

त्यस्तै, काठमाडौं उपत्यका भित्रिने सवारी साधनलई सफा गर्न र प्रदुषण हुन नदिन उपत्यका छिर्ने नाकाहरुमा उपत्यकाका अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लीनिङ सेन्टर स्थापनाका लागि कार्य आरम्भ गर्ने उल्लेख गरेका छन् । त्यस्तै उपत्यकालाई प्रदुषण मूक्त बनाउन ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला कपडा, जुट वा कागजको झोलाले प्रतिस्थापन गर्ने नीति रहेको उनले उल्लेख गरे ।

त्यस्तै, मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गर्ने, ‘सुख्खाक्षेत्रका ग्राहकको बक्यौता रकम मिनाह गर्ने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी, तथ्यांकहरु सुरक्षित गर्न महानगर डाटा बैंकको स्थापना गर्ने नीति पनि उनले उल्लेख गरे ।

कोभिड–१९ लक्षित कार्यक्रम, सार्वजनिक नीति–तथा कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौंमहानगर विशेष अस्पताल’ निर्माण गर्ने पनि उनले उल्लेख गरेका छन् ।

ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने, महानगरमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राख्ने, घरबहाल कर छुट दिने, उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने

‘एक वडा एक नमूना विद्यालय विकास गर्ने नीतिगत व्यवस्था ल्याउने घोषणा गरेका छन् । महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षा विषयको पठनपाठन सुरु गर्ने जस्ता नीति सार्वजनिक गरेका छन् ।

प्रकाशित : ३ असार २०७८, बिहीबार २०:४४