व्यवसायी माथि भएको आक्रमण र लुटपाटको भत्सना गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

व्यवसायी माथि भएको आक्रमण र लुटपाटको भत्सना गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह



काठमाडौं । पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । यस किसिमका घटना एक पछि अर्को दोहोरिँदै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको छ ।


करिव एक महिना अगाडि ब्यवसायीको ज्यानै जानेगरी सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ । लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहलाई बुधबार राति करिव १२ गजेको समयमा गोली हानी गंभिर घाइते वनाउनुका साथै परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहारगरी खस्त घाइते वनाएका छन् । सञ्चालक साह तथा परिवारका अन्य सदस्यहरुलाई घाइते वनाएपछि उनीहरुले पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहना समेत लुटेर लगेका छन् ।


ब्यवसायी माथि यसरी एकपछि अर्को गरी हमला तथा लुटपाट गरिन थालेको घटनाले समग्र सुनचाँदी ब्यवसायीलाई हतोत्साही र चिन्तित वनाएको मात्र नभई ब्यवसाय सञ्चालनगर्ने मनोवल नै खस्किएको छ । यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीमात्र नभई समग्र उद्यमी ब्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको छ ।


यस्तो घटनाको बिषयमा सरकार एवं सुरक्षा निकायको गंभिररुपमा ध्यानाकर्षण गराउँदै दोषीको अविलम्व पत्ता लगाई कडा भन्दा कडा कारवाही गनुृकासाथै आगामी दिनमा यस्ता घटना हुन नदिन जोडदार माग गर्दछौं । साथै आक्रमणवाट गंभिर घाइते हनुभएका सुनचाँदी ब्यवसायी साह र उहाँको परिवारका सदस्यहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा निर्वाधरुपमा पेशा ब्यवसाय गर्न पाउने वातवारण सिर्जनागर्न सरकार र सुरक्षा निकायसँग आग्रह गर्दछौं ।


साथै कोभिड १९ को महामारिमा परेर ज्यान गुमाएका ब्यवसायीहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै कोभिडको चेपेटामा पर्नुभएका समग्र ब्यवसायीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गदैछौं ।

प्रकाशित : ४ असार २०७८, शुक्रबार १९:५२