३,६६० संक्रमणमुक्त हुँदा संक्रमित कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

३,६६० संक्रमणमुक्त हुँदा संक्रमित कति ?



काठमाडौं । नेपालमा शनिबार थप २,४०१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।

त्यस्तै थप ३ हजार ६ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइशोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टीजेन परीक्षण गरिएको छ ।

प्रकाशित : ५ असार २०७८, शनिबार १८:२५