उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै



काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञाबारे आवश्यक निर्णय गर्न बैठक बस्नन लागेको हो ।

उक्त बैठकमा निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे छलफलबाट निर्णय हुने जनाइएकाे छ ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ७ गतेपछि सकिँदैछ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्। बैठक आज दिउँसो पछि बस्ने बताइएको छ ।

प्रकाशित : ६ असार २०७८, आईतवार ११:०८