तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले ब्याजमा १५ प्रतिशत सम्म छुट दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले ब्याजमा १५ प्रतिशत सम्म छुट दिने



काठमाडौँ । पुरानो नैकापमा मुख्य कार्यलय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ ।

संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिने निणर्य गरेको हो ।

संस्थाले सूचना प्रकाशन गरी ब्याजमा १५ प्रतिशत सम्म छुट हुने र हर्जाना नलाग्ने जनाएको छ । सूचनामा निषेधाज्ञा अबधीभरको भुक्तानी हुने ब्याजमा ७ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट हुने उल्लेख छ ।

त्यसैगरी निषेधाज्ञा अबधीभरको हर्जाना पूर्णरुपमा छुट हुने जनाएको छ । सदस्यले बुझाउनु पर्ने सम्पूर्ण ब्याज असार १० गतेसम्म बुझाएमा १५ प्रतिशत छुट हुने छ भने १५ गतेसम्म बुझाए १२ प्रतिशत सम्म छुट हुने संस्ठाले जानकारी दिएको छ ।

त्यसैगरी असार २० गतेसम्म बुझाएमा १० प्रतिशत र असार २५ गतेसम्म ब्याज बुझाएमा ७ प्रतिशत मात्र छुट हुने जनाइएको छ । संस्थाले ऋणी सदस्यहरुलाई समयमै ब्याज भुक्तानी गरी छुट सुबिधा उयगोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : ६ असार २०७८, आईतवार १२:१३