धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश



काठमाडाैं । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारि गर्दै अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

अब बोर्डले के कारणले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरिएकाे हाे त्यसकाे कारण देखाउनु पर्ने छ । सर्वोच्च अदालतले सो रिट माथि अन्तरिम आदेश भने जारी नहुने स्पष्ट पारेको छ ।

अधिवक्ता रविन बोहजु लगायतले सार्वजनिक गरिएको ५१ वटा कम्पनीको सूचीसहितको विज्ञप्ति बदर गर्ने माग गर्दै रिट दायर गरेका थिए । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको थियाे ।

प्रकाशित : ६ असार २०७८, आईतवार १६:५१