रादी विद्युत कम्पनीले १० लाखको अाइपीअो जारी गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रादी विद्युत कम्पनीले १० लाखको अाइपीअो जारी गर्ने तयारी



काठमाडाै ।   रादी विद्युत कम्पनीले १० लाख बढी कित्ता सेयर सर्वसाधारणका लागि इनिसियल पब्लिक अफरिङ ( आइपीओ)  जारी गर्ने भएको छ । एकसय रुपैयाँ अंकित मूल्यको आइपीओ गर्न प्रस्ताव गरिएको कुल सेयरमध्ये ४ लाख १० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र र बाँकी ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण र रादी विद्युत कम्पनीका कर्मचारीका लागि आइपीओ जारी गर्न लागेको हो  ।

IPOs1

 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओको बिक्री प्रबन्धक रहेको छ ।  रादी विद्युत कम्पनीका एक अधिकारीका अनुसार १० लाख २५ हजार कित्ता सेयर आइपीओको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको र अबको दुई महिनाभित्रमा प्रस्तावित आइपीओ स्वीकृत भई आवेदन खुल्ला गर्ने योजना रहेको छ ।

४.४ मेगावाट क्षमताको रादी विद्युत कम्पनी लिमीटेड २०६२ सालमा स्थापना भएको हो । यो कम्पनीले नेपालका विभिन्न भेगका खोला तथा नदीबाट विद्युत उत्पादनको लक्ष्य लिएको छ ।

प्रकाशित : ४ श्रावण २०७३, मंगलवार ०२:१४