बार अनुसार पसल खोल्ने निर्णय तत्काल सच्याउन राष्ट्रिय व्यापार संघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बार अनुसार पसल खोल्ने निर्णय तत्काल सच्याउन राष्ट्रिय व्यापार संघको माग



काठमाडाैं। राष्ट्रिय व्यापार संघले काठमाडौं उपत्यकामा बारअनुसार पसल खोल्ने निर्णय तत्काल सच्याउन माग गरेको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले संघको सुझाव विपरित समय सिमा तोकेर पसल खोल्ने निर्णय गरेको भन्दै संघले हरेक दिन पसल खोल्न पाउनुपर्ने माग पनि अघि सारेकाे छ ।

संघका महासचिव बैकुण्ठ दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना नियन्त्रणका लागि सजिलो विकल्पको रुपमा निषेधाज्ञालाई लिएको बताएका छन् । यस्तै निषेधाज्ञाका कारण आम नागरिकमा पर्न गएको असरबारे सरकार बेखर बनेको पनि महासचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ असार २०७८, सोमबार २१:११