ब्राइट सहकारीले सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिने



काठमाडौं । बागबजारमा कार्यालय रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीको कहरमा परेका ऋणी सदस्यलाई व्याजमा छुट दिने भएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर काठमाडौं उपत्यकामा कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहर नियन्त्रण गर्न निषेधाजा जारी भएको मिति देखि असार ससान्त सम्मको व्याजमा १० प्रतिशत छुट दिने जनाएको हो ।

उपत्यका भित्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले गत बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गर्दै आएका छन् ।

संस्थाले यो अवधिमा व्यापार, व्यवसाय, पेशा, उद्योग धन्दा बन्द भएर ऋणी सदस्यको आयमा परेको प्रतिकूल प्रभावालाई मध्यनजर गरेर छुटको व्यवस्था गरेको संस्थाका प्रवन्ध संचालक लक्ष्मण न्यौपानेले जानकारी दिए ।

साथै उहाँले सदस्यलाई यस अवधिमा लागेको हर्जना पूर्णरुपमा मिनाहा गर्ने जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि