रिलायबल नेपाल लाइफको रेटिङ सम्पन्न, आइपिओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिलायबल नेपाल लाइफको रेटिङ सम्पन्न, आइपिओ निष्कासन गर्ने



काठमाडौँ  । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।


केयर रेटिङ नेपालले रिलायवलको आइपीओलाई “केयर एनपी बीबीबी”अर्थात् ट्रिपल बी रेटिङ दिएको छ । यसबाट कम्पनीको आधारभूत अवस्था राम्रो रहेको सङ्केत गर्दछ ।

कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको भन्ने पनि जनाउँछ ।  यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता  आइपिओ निष्कासन गर्न लागेको हो । रिलायबलको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आइपिओ निष्कासनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

प्रकाशित : ८ असार २०७८, मंगलवार ०६:४४