नेपाल पुनर्बीमा कम्पनीले गर्‍यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेपाल पुनर्बीमा कम्पनीले गर्‍यो लाभांश घोषणा



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।


कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 


हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीको शेयर रहेको छ । 

प्रकाशित : ८ असार २०७८, मंगलवार १२:३५