एक साता पछि पुनः नेप्सेमा रौनकता फर्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एक साता पछि पुनः नेप्सेमा रौनकता फर्कियो



काठमाडाैं । सेयर बजारमा एक साता पछि पुनः रौनकता फर्किएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि फेरि हरियाली छाएको हो ।नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज १० अर्ब २८ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पोजेटिक सर्किट लाग्ने कम्पनीहरुमा जनकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित : ८ असार २०७८, मंगलवार १५:२२