निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण



काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्ध निर्देशक आनन्दबगरिया भन्छन्, “आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”

उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

प्रकाशित : ८ असार २०७८, मंगलवार १९:५४