साउन १ देखि सहकारीले कति तिर्नु पर्छ कर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साउन १ देखि सहकारीले कति तिर्नु पर्छ कर ?




काठमाडौं । आन्तरिक राजश्व विभागले आगामी आर्थिक वर्ष २०७८÷७९ मा बिभिन्न निकायको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ । विभागले २०७८ साउन १ गतेदेखि लागु हुने करको दर सार्वजनिक गरेको हो ।

जसअनुसार सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ५ प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ७ प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १० प्रतिशतका दरले कर लाग्ने छ ।

प्रकाशित : १० असार २०७८, बिहीबार १२:१३