अब कति कमाउँदा कति तिर्नुपर्छ कर ? (आम्दानी अनुसार करको सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अब कति कमाउँदा कति तिर्नुपर्छ कर ? (आम्दानी अनुसार करको सूचिसहित)



काठमाडाै । आन्तरिक राजश्व विभागले आगामी वर्ष २०७८/७९ का लागि एकल व्यक्ति र दम्पत्तिकाे आय अनुसार लाग्ने आयकरको दरको विवरण सार्वजनिक गरेको छ । विभागले २०७८ साउन १ गतेदेखि करयोग्य आयमा लागु हुने करको दर सार्वजनिक गरेको हो।

कसले कर तिर्नुपर्छ ?

आयकर नेपाल भित्र वा बाहिर रोजगारी वा व्यवसायबाट आम्दानी हुने सबै व्यक्तिले तिर्नुपर्छ।

कसरी तिर्ने?

सरकारले साउनदेखि कुनै पनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन नपाउने व्यवस्था गरेको छ।
यसका लागी कर लाग्ने आय हुने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ र प्यानमा दर्ता हुनुपर्छ।
दर्ता गर्नलाई आफूलाई पायक पर्ने आन्तरिक राजस्व विभाग भएको स्थानमा जानुपर्छ।


जस्तै आफू बसोबास गर्ने, कारोबार गर्ने वा व्यवसाय भएको स्थान नजिकैको आन्तरिक राजस्व कार्यालयबाट PAN लिन सक्छन्।

प्रकाशित : १० असार २०७८, बिहीबार १२:४२