कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास



उदयपुर। उदयपुरको कटारी नगरपालिकालाई टुक्र्याउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । साे निर्णयलाई नगरसभामा पेश गरिने छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वडालाई छुट्टै गाउँपालिका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाइएपछि याे निर्णय भएको हाे ।

नगरपालिकामा रहेका १४ वटा वडामध्येबाट वडा नं. ९,१०,११,१३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका बनाउने प्रस्ताव नगर कार्यपालिकाको बैठकले समेत स्वीकृत गरेको छ ।

ज्ञापनपत्रमा कटारी नगरपालिकालाई विभाजनले पनि कुनै असर नपुग्ने भएकोले गाउँपालिका निर्माणको मापदण्डको आधारमा भूगोल,जनसंख्या र भौतिक पूर्वाधारहरु पनि पुग्ने भएकोले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत सो कुरा उल्लेख भएअनुसार गाउँपालिकाकाे माग गरिएको उल्लेख छ ।

नयाँ गाउँपालिका निर्माण गर्दा करिव १२५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा करिब १८ हजार ५८६ जनसंख्यालाई सेवा सुविधाको सहजतामा पहुँच पुग्ने हुनुपर्छ ।

कटारी नगरपालिकाको माथिल्लो भेग अति दुर्गम,भौगोलिक रूपमा कठिन भएकोले छुट्टै गाउँपालिका बनाउन एेक्यवद्धता रहेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । जिल्ला समन्वय समिति,प्रदेश सरकार र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माणका लागि डेलिगेसन जाने प्रतिवद्धता समेत मेयर श्रेष्ठले जनाए।

गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बरबहादुर मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भीमकुमारी राउतलाई बुझाईएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

मेवा खोला हाइड्रोपावरमा लगानी जुट्यो, सात वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौ । प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा.वि.स.

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिदैनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

प्रकाशित मिति २०७८ असार १ देखि