शुक्रबार ५ हजार ४५५ जना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

शुक्रबार ५ हजार ४५५ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४५५ निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५८६ पीसीआर र ४७६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७२१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १७:३५