स्मरण साकोसले सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिने , अक्सिजन प्लान्ट निर्माणमा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

स्मरण साकोसले सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिने , अक्सिजन प्लान्ट निर्माणमा सहयोग



काठमाडाै । स्मरण बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीको कहरमा परेका ऋणी सदस्यलाई व्याजमा छुट दिने भएको छ ।

संस्थाले एक सूचना प्रकाशित नियमिति तिर्नु पर्ने बाँकी रहेका सम्पूर्ण किस्ताहरु (साँवा व्याज), नियमित तथा एकमुष्ट मिति २०७८ असार २५ सम्म तिर्ने सदस्यहरुको हकमा जेष्ठ र असार महिनाको तिर्नु पर्ने व्याजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संस्थाका ब्यवस्थापक निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।

नियमित तिर्नु पर्ने किस्ता समयमा तिर्न नसकि व्याजमात्र तिर्ने सदस्यहरुले (नियमित तथा एकमुष्ट) मिति २०७८ असार २५ सम्म तिर्ने सदस्यहरुलाई जेष्ठ र असार महिनाको तिर्नु पर्ने व्याजमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

संस्थाबाट ऋण लगानी भई नियमित रुपमा किस्ता तिरी रहेको अवस्थामा यो महामारीको कारणले तिर्नु बुझाउनु पर्ने रकम तिर्न बुझाउन नसकि भाका नाघेका ऋणीहरुको हकमा बाँकी रहेको व्याज रकम र व्यवस्थापन शुल्क लिई एक पटकको लागि नविकरण समेत गरिने र त्यस्तो नविकरण गरिएको ऋणमा समेत तिर्नु पर्ने व्याजको ५ प्रतिशत छुट दिने भएकोले यथासक्य संस्थामा सम्पर्क गर्न गराउन हुन अनुरोध गरेकाे छ ।

अक्सिजन प्लान्टलाई पचपन्न हजार पाँच सय पचपन्न रुपैया सहयोग

सामाजिक उत्तरदायित्व अन्र्तगत स्मरण बचत तथा ऋण सहकारी संस्था लि.ले भौगालिक हिसावबाट बिकट काभ्रे कोशिपारीबाट काठमाण्डौं आई बिभिन्न पेशा ब्यबसाय संचालन गरि संस्थामा आबद्ध सदस्यहरु मध्ये ठुलो हिस्सा ओगटेकोले उक्त चौरी देउरालि गाँउपालिकामा स्थानिय स्तरबाट अक्सिजन प्लान्ट निमार्ण गर्न लागेकोले आ.ब. २०७७÷०७८ मा छुट्टिने सामाजिक उत्तरदायित्व कोषबाट बितरण हुने गरि रु. ५५,५५५।– (अक्षेरुपी पचपन्न हजार पाँच सय पचपन्न रुपैया मात्र) सहयोग स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १२ असार २०७८, शनिबार १२:५२