अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने



काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने सुबिधा सञ्चालन गरेको छ ।

विद्यमान कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

प्राथमिक शेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायिक हुने कम्पनीले जनाएको छ ।

सेवा ग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन भन्ने उद्देश्यले यस कम्पनीले अनलाईनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ, जसका लागि खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेण्टको वेबसाइटमा गई अनलाइन डिम्याटमा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाईएको कम्पनीले जानकारी गराएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुनेछ ।

प्रकाशित : १३ असार २०७८, आईतवार १६:४०