निषेधाज्ञा थप खुकुलो हुने, सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्ने दिने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निषेधाज्ञा थप खुकुलो हुने, सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्ने दिने !



काठमाडौँ । उपत्यामा निषेधाज्ञा थप खुकुलो हुने भएको छ । आज बसेको उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्न दिने बारे छलफल भएको छ ।

निषेधाज्ञा थप गर्नेबारे छलफल गर्न बसेको बैठकमा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौंको कोरोना संक्रमणदर १२÷१३ प्रतिशत अझै कायम रहेकाले खुकुलो भएको एक हप्ते निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साता मात्रै थाहा हुने भएकाले एकैपटक सबै सार्वजनिक सवारी खुलाउन नहुने विषयमा छलफल भएको उनको भनाइ छ । जोर बिजोर प्रणालीमै भएपनि सवारी साधन चल्न दिनुपर्छ भन्ने सुझाव आएकाले यसमा पनि छलफल भएको बताइएको छ ।

भोलिको बैठकले यसबारे आवश्यक निर्णय गर्न सक्नेछ । खुकुलो पारिएको निषेधाज्ञाको अवधि भोलि रातीबाट सकिँदैछ ।

प्रकाशित : १३ असार २०७८, आईतवार १८:०७