बैंक तथा वित्तीय संस्था , बीमा र सहकारी सञ्चालनमा हालकै व्यवस्थालाई निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बैंक तथा वित्तीय संस्था , बीमा र सहकारी सञ्चालनमा हालकै व्यवस्थालाई निरन्तरता



काठमाडौं । उपत्यकामा बैंक तथा वित्तीय संस्था र सहकारी सञ्चालनमा हालकै व्यवस्थालाई निरन्तरता दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउँदै उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा भनिएको छ, ‘बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरी भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्ब गरी सञ्चालन गर्ने ।’

यस्तै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा २५ सिट क्षमताभन्दा बढीका सवारी साधन सञ्चालन गर्न पाईने भएको छ । उक्त सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै, सार्वजनिक सवारी साधन जोरविजोर नम्बरका आधारमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै सञ्चालनको अनुमति दिईएको हो ।

डिमार्टमेण्टल स्टोर, सपिङ महल, खेलकुद सामग्री पसल, कपडा जुत्ता, फेन्सी, कस्मेटिक, साटी, आटोमोबाइल, सुन तथा भाडाँ पसल, निर्माणजन्य सामग्री लगायतका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ ।

प्रकाशित : १४ असार २०७८, सोमबार १४:३९