काठमाडौंं महानगरपालिकाले खाली गरायो हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौंं महानगरपालिकाले खाली गरायो हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा



काठमाडाैं । काठमाडौंं महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ ।

अनामनगर पुर्विगेटबाट करिब १०० मिटर नजिकैको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरेको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको हो ।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त लगायतका अभियान्ताहरुलाई नियन्त्रणमा लिएको छ । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित : १४ असार २०७८, सोमबार १३:५४