फोनपेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फोनपेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना



काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्न सकिन्छ ।

यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथाबाट १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्ने समेत कम्पनी जनाएको छ ।

कम्पनीका अनुसार फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान पनि किन्न सकिन्छ ।

फाेनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआई डिएसएस भि थ्रि टु वान प्रमाणीकरण प्राप्त संस्था हो ।

प्रकाशित : १४ असार २०७८, सोमबार १८:५७