नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली नियुक्त



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको असार १४ गतेको निर्णय अनुसार मैनाली नेप्सेको अध्यक्ष तथा संचालक पदमा मनोनयन भएका हुन् ।

मैनाली अर्थ मन्त्रालयका सह सहिच्व हुन् । उनले आज नै पद बहाली गरेका छन् । पद बहाली गर्दै अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुंजी बजारको उन्नतिको आफु प्रतिबद्ध रहने बताएका छन् ।

पुंजी बजार मार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से संचालक समितिको अनुभवी सदस्ताहरु तथा ब्यबस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा उनले ब्यक्त गरेका छन् ।

अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकरी अधिकृत चन्द्र सिंह साउद, अन्य संचालकहरु तथा नेप्सेका उच्च ब्यबस्थापाकहरुले स्वागत गरेका थिए ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १५:००