सेयर बजारमा उच्च अङ्कको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर बजारमा उच्च अङ्कको गिरावट



काडमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तेस्रो दिन आज मंगलबार उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से ४७.५०अङ्कले घटेर दुई हजार ८ सय २८ विन्दुमा थामिएको छ ।

आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ ।

फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कले घटेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र एचआईडीसीएलको सेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ओरियन्टल होटलको सेयर झन्डै ६ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १५:३५