नागरिक लगानी कोषका बचतकर्ताले थप प्रतिफल पाउने



काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ ।

अवकाश कोष संचालन कार्यविधि, २०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको कोषले जनाएको छ ।

यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पु¥याउने छ भन्ने विश्वास कोषले लिएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको समेत जनाएको छ ।

नागरिक लगानी कोषबाट संचालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि