कमोडिटी बजार संचालनको निर्देशिका लागु,के-के छन् नयाँ व्यवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

कमोडिटी बजार संचालनको निर्देशिका लागु,के-के छन् नयाँ व्यवस्था ?



काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेकाे छ । सेबाेनले आज (असार १५ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ निर्देशिका जारी गरेकाे हाे ।

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकाले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम यो निर्देशिका जारी गरिएको बाेर्डले जनाएको छ । 

याे निर्देशिकामा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न आवश्यक पर्ने चुक्ता पुँजी, सेयर संरचना, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, कारोबार गर्न पाउने वस्तुको सूची लगायतका विषयहरू समावेश गरिएकाे छ । 

वस्तु विनिमय बजार सञ्चालन गर्न न्युनतम डेढ अर्ब चुक्ता पुंजी आवश्यक पर्ने भएको छ । वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न डेढ अर्ब चुक्ता पुंजी र वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्नको लागि २ अर्ब चुक्ता पुंजी आवश्यक पर्ने छ । विदेशी रणनीतिक साझेदार संस्थाको सहभागितामामा पनि संस्था स्थापना हुन सक्ने उल्लेख छ ।

वस्तु विनिमय बजार सञ्चालन गर्न बोर्डमा आवेदन दिनु पर्ने, बोर्डएल प्रक्रिया पुगेकालाई पूर्व स्वीकृति दिने , र पूर्व स्वीकृति पाएकाले २५ लाख तिरेर अनुमतिपत्र को आवेदन दिनु पर्ने निर्देशिकामा उल्लेख छ । यस अघि पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिईसकेकाहरुको हकमा निर्देशिका बमोजिमका व्यवस्थाहरु परिपालना हुनेगरी तोकिएको समयसीमा भित्र थप विवरण तथा कागजातहरु पेश गरी निवेदन अद्यावधिक गर्नु पर्ने ब्यबस्था बोर्डले गरेको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १६:१६