मंगबलबार ४३४८ जना कोरोनामुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

मंगबलबार ४३४८ जना कोरोनामुक्त



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।

त्यस्तै नेपालमा मंगलबार थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका ९०८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा ३५ हजार ३१० सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ३६ हजार ९४६ पिसिआर र १ लाख ८४ हजार ४३० वटा एन्टीजेन परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १७:४८