जीवन विकास लघुवित्तमा २१ लाखले दिए आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जीवन विकास लघुवित्तमा २१ लाखले दिए आवेदन



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन मंगलबारसम्म झण्डै २१ लाखले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार ५ः४५ बजेसम्मको तथ्याङ्क अनुसार २० लाख ८४ हजार ७६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६० कित्ता शेयरका लागी आवेदन दिएका छन् । यो हालसम्म कै उच्च हो । जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिनेको ओइरो लागेको हो ।

संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार २१:२८